अचम्मको अफ्रिकी भ्यागुतो, जसले आफू बस्ने तलाउ आफैँ बनाउँछ

हालसालैको एक शोधले संसारको सबैभन्दा ठूलो भ्यागुतो गोलियथका बारेमा नयाँ कुरो पत्ता लागेको छ । यसले आफू बस्ने तलाउ आफैँ निर्माण गर्छ । जर्नल अफ बुक हिस्ट्रीका अनुसार यो अफ्रिकी प्रजातिको भ्यागुतो हो र तलाउ निर्माण गर्नु यसको प्राकृतिक व्यवहारमा पर्छ ।

टाइमल्याप्स क्यामेराबाट मिल्यो प्रमाण

नेचुरल हिस्ट्री म्युजियम, बर्लिनका शोधकर्ता मार्विन शेफरले यसको व्यवहार थाहा पाउनका लागि प्रयोग गरे । जंगलमा टाइमल्याप्स क्यामेरा लगाए र यसलाई माटो भएको ठाउँमा छाडिदिए । भिडियोमा यसको पुष्टि पनि भयो । यसका अनुसार, भ्यागुताले तलाउ बनाउनका लागि कहिलेकाहीँ त २ किलोभन्दा बढी तौल भएका ढुंगालाई समेत हटाउँछ ।

विशेष तरिकाले गर्छ बच्चाको हेरचाह

भ्यागुताको तौल ३.३ किलो र लम्बाइ ३४ सेन्टिमिटर छ । लम्बाइ नाप्दा यसको खुट्टालाई नापिएको छैन । शोधकर्ताका अनुसार, यो ठूलो त छँदै छ, यसले आफ्ना बच्चालाई विशेष तरिकाले हेरविचार गर्छ । यसले आफ्नो अण्डाका लागि पहिले सुरक्षित स्थान खोज्छ र त्यहाँ तलाउ बनाउँछ । त्यहाँ जब यसका बच्चाहरू जन्मन्छन्, तिनका सुरक्षाका लागि यसले पानीमा फिँज पैदा गर्छ ताकि कुनै जनावरले हानि गर्न नपाऊन् ।

भोकल स्याकबाट नभई मुखबाट बजाउँछ सिठी

गोलियथ खन्न र ढुंगाका बीचमा आफ्नो घर बनाउन सक्षम छ । शोधकर्ताका अनुसार, दक्षिण अफ्रिकी बुल फ्रग योसँग केही हदसम्म समान छ, जस्तो यसले एक तलाउलाई अर्कोसँग जोड्छ ताकि त्यो सुक्नबाट जोगियोस् । यसबाहेक गोलियथ प्रजातिको भ्यागुताको व्यवहार अन्य भ्यागुताहरूभन्दा फरक छ । यो पूर्ण रूपले वर्षा र तीव्र गतिमा बग्ने पानीको धारमा निर्भर रहन्छ । यसले अन्य भ्यागुताले जसरी भोकल स्याकबाट नभई मुख खोलेर सिठी बजाउँछ ।

२२ ब्रिडिङ साइट प्राप्त भयो

भ्यागुताको यो प्रजाति सामान्यतः क्यामरुन एवं इक्वेटेरियल गिनीमा पाइन्छ । दक्षिण अफ्रिकाको एम्पुला नदीको किनारामा यिनको संख्या बढी छ । शोधकर्ताहरूले यसको २२ वटा ब्रिडिङ साइट फेला पारेका छन् । यीमध्ये १४ ठाउँमा ३ हजार वटा अण्डा प्राप्त भएका छन् । शोधकर्ताहरूले के देखे भने ती स्थानमा कुशलतापूर्वक साना ढुंगाहरूलाई हटाएर तलाउ बनाइएको थियो । यति भए पनि शोधकर्ताहरू यिनीहरूका भाले र पोथी छुट्याउन भने असमर्थ भभएका छन् । एजेन्सी