शनिबार रातिदेखि सकियो प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल

शनिबार रातिदेखि सकियो प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल


संघीय संरचनामा पहिलो पटकको निर्वाचनपछि गठित प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल शनिबार रातिदेखि सकिएको छ ।

आसन्न निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने दिनभन्दा अघिल्लो दिनलाई आधार मानेर संसद्को कार्यकाल समाप्त गरिएको हो । संविधान र कानुनी रूपमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएका कारण२०७४ सालको अभ्यासका आधारमा कार्यकाल अन्त्य गरिएको हो ।

चालू अधिवेशन शनिबार राति १२ बजेबाट अन्त्य हुने राष्ट्रपति कार्यालयको पत्र हिँजो सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभामा पढेर सुनाएका थिए । २०७४ मंसिरमा भएको निर्वाचनको कार्यकाल फागुन २१ गते सुरु भएको थियो । मंसिरमै जनप्रतिनिधि चुनिए पनि पनि दुवै सदनको निर्वाचन सम्पन्न गरेर अधिवेशन प्रारम्भमा ढिलाइ भएको थियो ।अधिवेशन अन्त्यका अवसरमा प्रधानमन्त्री, विपक्षी दलका नेता तथा अन्य दलका शीर्ष नेताहरूले संसद् बैठकमा शनिबार सम्बोधन गरेका थिए। 

Logo