‘सर्वोच्च जाने तयारी गरिरहेको थिएँ, निवासलाई बन्द गरेर प्रहरी तैनाथ गरियो’ -जबरा

‘सर्वोच्च जाने तयारी गरिरहेको थिएँ, निवासलाई बन्द गरेर प्रहरी तैनाथ गरियो’ -जबरा


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूलाई सरकारले सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कन नदिएको बताएका छन् । 

आइतबार सर्वोच्च फर्किने तयारी गरेका जबराले निवासमै प्रहरी तैनाथ गरेर सरकारले रोकेको बताएका हुन् । उनले भने, 'म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो। निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ।'

महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारी गरेपछि अदालत प्रवेशद्वारमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल बार एसोसियसनको आकस्मिक बैठकले गेटमा नै रोक लगाउने निर्णय गरिसकेको छ । 

तर, जबरा भने आफूमाथि छानबिन गरिरहेको संसदको आयु नै गएरातिदेखि सकिएको हुँदा महाअभियोग स्वतः निष्क्रिय भएकाले नियमित जिम्मेवारीमा फर्किने जानकारी सर्वोच्च प्रशासनलाई गराइसकेका छन् । गत फागुन १ गते सत्ता गठबन्धनका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग दर्ता गरेका थिए। त्यससँगै उनी निलम्बनमा परेका थिए ।११ सदस्यीय सिफारिस समितिले बहुमतका आधारमा तयार पारेको प्रतिवेदन सभामुखलाई बुझाइसकेको छ ।  

 

Logo