अनशनरत डा. केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरु

अनशनरत डा. केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरु


धनगढीमा ७ दिनदेखि अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आइतबार काठमाडौंमा वार्ता सुरु भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको हो । सरकारले केसीसँग संवाद गर्न शुक्रबार वार्ता टोली गठन गरेको थियो । सरकारले कार्यालयका सचिव रामप्रसाद रिजालको संयोजकत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिव र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेका छन् । 

डा. केसी पक्षले डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र सुवेदी सदस्य रहेको वार्ता टोली गठन गरेको छ । डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेका छन् ।

चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ । उक्त अस्पतालका चिकित्सको नेतृत्वमा उनको स्वास्थ्य परीक्षण गर्न कमिटी गठन भएको छ । शनिबार डा. केसीको अनशनमा समर्थन जनाउँदै काठमाडौं र धनगढीमा समेत प्रर्दशन भएको थियो । 
 

Logo