विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला


देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । 

संखुवासभाको सभापोखरी गाउँपालिका वडा नं १ गैरीगाउँ बस्ने ६७ वर्षीय सुरेन्द्र पन्त आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् । 

स्याङजाको फेदीखोला गाउँपालिका वडा नं २ भालुपहाडस्थित सेतीखोलाको किनारमा पुतलीबजार नगरपालिका वडा नं ४ ठुलीबेशी बस्ने २१ वर्षीय मनिष सापकोटा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

पर्वतको फलेबास नगरपालिका वडा नं २ थापाथाना घर भई स्याङजा पुतलीबजार नगरपालिका वडा नं १४ डेरा गरी बस्ने ३६ वर्षीया शर्मीला नेपाली आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाहरुका सबन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

Logo