सिन्धुलीका ६ स्थानीय तह विपदको उच्च जोखिममा

सिन्धुली,

जिल्लाका ६ स्थानीयतह सबै प्रकारका विपदको उच्च जोखिममा रहेको विपद व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लामा विपदका लामो श्रृंखलाको अध्ययन र परामर्शमा तयार गरिएको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०७६ मा उक्त कुरा उल्लेख गरिएको छ । विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले तयार पारेको उक्त योजना बुधबार सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आधिकारिक वेभसाईडमा उक्त कार्ययोजना सार्वजनिक गरिएको हो । जसमा दुधौली नगरपालिका, कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिका रहेका छन् । यस्तै सुनकोशी गाउँपालिका, घ्याङलेक गाउँपालिका, गोलन्जोर गाउँपालिका मध्यम जोखिममा रहेको उक्त योजनामा उल्लेख गरिएको छ ।

विपदका वेलामा गर्नुपर्ने आकस्मिक राहत, उद्वार र पुनस्र्थापनाका विषयमा योजना बनाउने क्रममा उक्त योजनामा जिल्लाको विपदगत अवस्थाको समेत विश्लेषण गरिएको छ । जसमा सिन्धुलीका अधिकांशक्षेत्रहरु बाढीको उच्च जोखिममा रहेको बताइएको छ । विपदको सूचकांकमा जिल्ला बाढीबाट प्रभावित भएको तथ्यांक उच्च रहेको पाईएको छ । जसमा दुधौली नगरपालिका र मरिण गाउँपालिका बाढीबाट अत्याधिक प्रभावित हुदै आएका स्थानीयतह हुन् । त्यसपछि कमलामाई नगरपालिका हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिका बाढीबाट प्रभावित हुने गरेका छन् ।
राजधानीबाट