गायक मुरलीधर राप्रपामा

गायक मुरलीधर राप्रपामा


गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । मुरलीधर सिरहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्ने भएका छन् । 

अध्यक्ष लिङ्देनले मुरलीधरजस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको र प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्ने चाहनाको सम्मानका लागि पार्टीले अवसर दिने बताए । 

"उडायो सपना सबै हुरीले, निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो, पहाडको पल्लो डाडामा छ सानो गाउँ" जस्ता दर्जनौं चर्चित गीतमा स्वर भरेका मुरलीधर राप्रपामा प्रवेश गरेका हुन् । उदितनारायण झासँग संयुक्त आवाजमा मुरलीधरले आमैले भन्थे धाराको पानीजस्ता लोकलयमा आधारित गीत गाएका छन् ।

Logo