प्रभास र कृति सेनन डेट गर्दै

प्रभास र कृति सेनन डेट गर्दै


साउथ स्टार प्रभास र बलिउड अभिनेत्री कृति सेनन पछिल्लो समय डेटिङ गरिरहेको खबरले चर्चामा छन् । 

दुबैले आफ्नो सम्बन्धलाई निकै गोप्य राखेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार ‘आदिपुरुष’ फिल्मको सुटिङका क्रममा यी दुईबीच राम्रो मित्रता हुदै मित्रता प्रेममा परिणत भएको बताइन्छ । प्रभास एकदमै निजी व्यक्ति हुन् उनी आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै कुरा गर्न मन पराउँदैनन् । यही कारणले यो जोडीले आफ्नो सम्बन्धलाई हालसम्म गोप्य राखेका छन् ।

रिपोर्टका अनुसार ‘आदिपुरुष’ फिल्मको सेटमा कृति सेनन र प्रभासको पहिलो दिनदेखि नै राम्रो सम्बन्ध थियो । यस्तो दृश्य देखेर सबै छक्क परेका थिए । किनभने प्रभास धेरै लजालु स्वभावका छन् र चाँडै कसैसँग घुलमिल हुँदैनन् । तर उनी फिल्मसेटमा कृतिसँग खुलेर कुरा गर्थे । सुटिङपछि पनि दुवै एक अर्कासँग व्यस्त थिए । रिपोर्टका अनुसार यी दुईको सम्बन्ध करण जोहरको शो ‘कफी विथ करण’मा पुगेपछि बाहिर आएको हो ।

Logo