एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक गाभिने

काठमाडौं,

एनएमबी बैंकको सम्पन्न विशेष साधारणसभामा एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित भएको छ ।

व्यवसाय र शाखा सञ्जाल विस्तार गर्न तथा बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यका साथ एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक गाभ्न पेस गरेको प्रस्ताव साधारणसभाबाट सर्वसम्मतिले पारित भएको बैकले जनाएको छ ।

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात १००ः ७६ रहने स्वीकृति साधारणसभाले प्रदान गरेको पनि जनाएको छ । जसमा ओम डेभलपमेन्ट बैंकका सेयरधनीहरूले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ता बराबर एनएमबि बैंकको ७६ कित्ता सेयर प्राप्त गर्ने भन्दै बैंकले मर्जर पश्चात् एनएमबी बैंकको कुल पुँजी तथा जगेडा कोषमा वृद्धि भई २० अर्ब ४२ करोड रुपैयाँ हुनेछ भने निक्षेप र कर्जा क्रमशः १ खर्ब १९ अर्ब र १ खर्ब १३ अर्ब रुपैयाँ पुग्नेछ ।