स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज र गेटवे पेमेन्ट सर्भिसबीच सम्झौता


भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर  र राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त गेटवे पेमेन्ट सर्भिसले सञ्चालन थालनीको तैयारी गरेको युपीआई  नेपाल क्यूआरबिच अन्तर आवद्धताको लागि सम्झौता भएको छ ।

सबै अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तरआवद्धताको लागिराष्ट्र बैंकले दिएको निर्देशन अनुरुप यो सम्झौता सम्पन्न भएको हो । सम्झौतामा स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु तथा गेटवे पेमेन्ट सर्भीसको तर्फबाट महाप्रबन्धक प्रवीण रेग्मीले हस्ताक्षर गरेका छन् । 

यस सम्झौतपश्चात्  युपीआई नेपाल क्यूआरको सुबिधा लिने बिभिन्न ब्यापार‍-ब्यवशायलाई स्मार्ट क्यूआर को नेटवर्क अन्तरगत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ्ग एपमार्फत ग्राहकहरुले सहज र सुरक्षित रुपमा भुक्क्तानी गर्न सक्छन भने स्मार्ट क्यूआर मार्फत भुक्तानी लिदै आएका ब्यापार-ब्यवसायले युपीआई नेपाल क्यूआर नेटवर्कमा आबद्ध ग्राहकहरु मार्फत पनि भुक्तानी लिन मिल्ने कम्पनीले जनाएको छ । 

युपीआई  कार्ड, स्मार्ट क्यूआर लगायतको भुक्क्तानी सुबिधा दिदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इंडियामा आबद्ध भुक्क्तानी संयन्त्रमार्फत नेपाल र इंडियाबीच पनि कारोबार गर्न सकिने सुरु गर्ने अन्तिम तैयारीमा रहेको गेटवे पेमेन्ट सर्भीसबिच भएको यस सम्झौताले मुलुकको समग्र डिजिटल भुक्क्तानी प्रणालीको बिकास तथा प्रवन्धनमा टेवा पुग्ने लिइएको बताइएको छ । 

Logo