चाडपर्वको अवसरमा साओमीको फोन खरिदमा बिशेष छुट

चाडपर्वको अवसरमा साओमीको फोन खरिदमा बिशेष छुट


स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरु खरिदमा सिमित अवधिको लागि उल्लेखनीय रुपमा मुल्य घटाएको छ । नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभ अवसरमा आफ्नो उपभोक्ताहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ।

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेड्मी नोट ११ सिरिजमा १००० रुपैँया र रेड्मी नोट १२ सिरिजमा ३००० रुपैँयासम्मको कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर असोज २ गते देखि १७ गते सम्म लागु हुनेछ।

साे अवसरमा  साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने- "नेपालीहरुको महान चाड दसैंँको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताहरुको लागि साबिक भन्दा कम मुल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चक बनाउने छ भन्ने हामीले आशा लिएका छौँ ।"

 

Logo