सारा अली खान र क्रिकेटर शुभमन गिल रिलेसनसिपमा ?

सारा अली खान र क्रिकेटर शुभमन गिल रिलेसनसिपमा ?


सैफ अली खानको छोरी सारा अली खान पछिल्लो समय व्यक्तिगत जीवनका कारण निकै चर्चामा छिन् । 
सामाजिक सञ्जालमा यतिबेला अभिनेत्री क्रिकेटर शुभमन गिललाई डेट गरिरहेकी छन् भन्ने चर्चा छ । हालै यी दुबैको एउटा तस्विर भाइरल भएको थियो । जसमा दुबै एक रेस्टुरेन्टमा सँगै बसेको देख्न सकिन्छ । उनको यो तस्विर सार्वजनिक भएपछि शुभमन गिल र सारा एकअर्कालाई डेट गरिरहेका छन् भन्ने खबर सामाजिक सञ्जालमा आगोझैं फैलिएको छ ।

‘इन्स्टाबलिउड’ नामक आधिकारीक इन्स्टाग्राम ह्यान्डका अनुसार शुभमन गिल र सारा अली खान एक अर्कालाई डेट गरिरहेका छन् । क्रिकेटरको साथीको पोस्टमा साराको नाम आएपछि सारा र शुभमनबीच केही रहेको अनुमान गरिएको छ । यसै क्रममा दुवैले आफ्नो डेटको खबरलाई लिएर सामाजिक सञ्जालमा खिल्ली उडाइरहेका छन् । 

Logo