निर्वाचन आयोगमा आइतबार २ दलको मात्र समानुपातिक तर्फको बन्दसूची पेश

निर्वाचन आयोगमा आइतबार २ दलको मात्र समानुपातिक तर्फको बन्दसूची पेश


प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम अन्तर्गत पहिलो दिन आइतबार प्रतिनिधि सभा तर्फ २ दलले मात्र बन्दसूची दर्ता गरेका छन् ।

निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची पेश गर्ने पहिलो दिन आइतबार प्रतिनिधिसभातर्फ नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची दर्ता गराएको आयोगले जनाएको छ । 

यस्तै प्रदेशसभा तर्फ ३ वटा प्रदेश एक–एक वटा दलले बन्दसूची दर्ता गराएका छन् । प्रदेश नम्बर १ मा किराँत खुम्बुवान साझा पार्टी, मधेस प्रदेशमा तमलोपा र बागमतीमा ताम्सालिङ् लोकतान्त्रिक पार्टीले समानुपातिक तर्फको बन्दसूची बुझाएका छन् ।  

अन्य राजनीतिक दलहरुले सोमबार मात्र समानुपातिक तर्फको बन्द सूची बुझाउने भएका छन् । नेकपा एमालेले समानुपातिक तर्फको उम्मेदवारको सूची टुंगो लगाई सकेको छ । एमालेले उक्त सूची निर्वाचन आयोगमा भने सोमबार मात्रै बुझाउने तयारी गरेको छ । 

यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले सोमबार नै सूची तयार गरि सोही दिन निर्वाचन आयोगमा बुझाउने तयारी गरेका छन् ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने दललाई असोज २ र ३ गते भित्र सामानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम राखिएको छ । 

Logo