आर्सनल शीर्ष स्थानमा उक्लियो

आर्सनल शीर्ष स्थानमा उक्लियो


इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले हराएको हो । आर्सनललाई जित दिलाउन विलियम सालिबा, गाब्रियल जिसस र फाबियो भिएराले एक–एक गोल गरे ।

खेलको १७ औं मिनेटमा सालिबाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा जिससले गोल गर्दै आर्सनलको अग्रता २–० को बनाए । खेलको ४९ औं मिनेटमा फाबियोले गोल गर्दै आर्सनललाई ३–० को जित दिलाएका हुन् । 

जितसँगै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ७ खेलमा १८ अंक जोडेको छ ।
ब्रेन्टफोर्ड ९ अंक जोडेर नवौं स्थानमा रहेको छ । 

Logo