#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19510066722690625773712529639
नेपाल2221470633015814

कतारमा नेपालीको मृत्यु भएपछि दूतावासको विज्ञप्ति

सांघातिक आक्रमणमा परी एक नेपालीको मृत्यु भएपछि दोहास्थित नेपाली दूतावासले अन्य नेपालीलाई भिडभाडमा नजान अनुरोध गरेको छ।

दूतावासले एक विज्ञप्ति जारी गर्दै कतारमा रहेका अन्य नेपालीलाई भिडभाड हुने क्षेत्रमा नजान अनुरोध गरेको हो। ‘यस प्रकारका घटनालाई मध्यनजर गरी अनावश्यक भिडभाड हुने क्षेत्रमा अत्यावश्यक काम बाहेक नजानुहुन तथा जानै पर्ने भएमा आवश्यक सतर्कता अपनाउन हुनु कतारवासी नेपालीलाई राजदूतावास हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

मंगलवार कतारको दोहास्थित जैदा पार्कमा भएको हमलामा परि सुनसरीका तवरेज अन्सारीको मृत्यु भएको दूतावासले जनाएको छ ।घटनामा परी अन्य पाँच जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये सुनसरीकै उमर अन्सारीको अवस्था गम्भीर रहेको र त्यहाँको हमाद अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ। त्यस्तै सुनसरीकै इब्राहिम अन्सारी र नौसाद अन्सारीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै प्रहरीले पक्राउ गरेका अकबर मिया र महसुद अन्सारीलाई रिहा गरिएको दूतावासले जनाएको छ । घटनामा संलग्नलाई कारवाहीका लागि नेपाली दूतावासले कतार प्रहरीलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार