‘बिग बोस सिजन १६’ का सम्भावित प्रतियोगीहरु

‘बिग बोस सिजन १६’ का सम्भावित प्रतियोगीहरु


सलमान खान सञ्चालित शो ‘बिग बोस’ अक्टोबर १ बाट सुरु हुँदैछ । यो शो हेर्न मन पराउने फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । बिग बोस सिजन १६ को प्रोमो सार्वजनिक भइसकेको छ । प्रत्येक वर्ष यो शो टीआरपीको शीर्ष सूचीमा परिरहन्छ । 

हरेक वर्ष झै यो वर्ष पनि को–को प्रतियोगीलाई समावेश गर्ने चर्चा लामो समयदेखि चलिरहेको छ । जसमध्ये कतिपयको नाम बाहिर आइसकेको छ । यो सिजन निर्माताहरूले कुन–कुन सेलिब्रेटीहरूलाई अप्रोच गरेका छन् आउनुहोस आजको लेखमा हेर्नेछौं । 

फेम शुभांगी अत्र
‘भाभी जी घर पर हैं’ फेम शुभांगी अत्रे शोका कारण चर्चामा छिन् । रिपोर्टका अनुसार उनको नाम लगभग तय भइसकेको छ । शुभांगीलाई पछिल्लो सिजनको अफर पनि आएको थियो ।

जन्नत जुबैर
‘खतरों के खिलाडी १२’ मा धमाकेदार कमाई गरेपछि अब जन्नत जुबैर ‘बिग बोस १६’ मा देखिने भएकी छिन् । तर, अहिलेसम्म अभिनेत्रीले यसबारे आधिकारिक रुपमा केहि भनेकी छैनन् ।

फैजल शेख
‘खतरों के खिलाडी १२’ का अर्का प्रतियोगी फैजल शेख पनि शोमा सामेल हुन सक्ने आकलन गरिएको छ । फैजलको सामाजिक सञ्जालमा ठूलो फ्यान फलोइङ छ । उनी अहिले ‘झलक दिखला जा १०’ मा देखिएका छन् ।

पारस कालनावत
‘अनुपमा’ फेम पारस कालनावतलाई ‘बिग बोस १६’ को अफर आएको छ । यद्यपी उनी शोमा सहभागी हुने वा नहुने टुंगो लागिसकेको छैन ।

टीना दत्त
‘उत्तरन’ अभिनेत्री टीना दत्तको नाम ‘बिग बोस’का लागि धेरै वर्षदेखि चर्चामा आउदै गरेको नाम हो । रिपोर्टका अनुसार ‘बिग बोस १६’ मा उनको निकै माग रहेको छ ।

फहमान खान 
‘इमली’ फेम फहमान खानलाई पनि ‘बिग बोस’का निर्माताहरुले अप्रोच गरेका छन् । रिपोर्टका अनुसार उनी अहिले ‘बिग बोस’ टोलीसँग वार्तामा छन् । 

निशा पाण्डे
भोजपुरी अभिनेत्री निशा पाण्डेलाई ‘बिग बोस’ को लागि अप्रोच गरिएको छ । भोजपुरी सेलिब्रेटीहरू ‘बिग बोस’ को धेरै सिजनहरूमा देखिएका छन् ।

मुनव्वर फारुकी
‘लकअप’ विजेता मुनव्वर फारुकीको नाम पनि लगभग पक्का भइसकेको छ । मुनव्वरको नाम लामो समयदेखि बिग बोस १६ का लागि चर्चामा छ ।

मदिराक्षी मुण्डले
मदिराक्षी मुण्डलेले ‘सिया के राम’ मा सीताको भूमिकामा डेब्यु गरेकी थिइन् । ‘बिग बोस सिजन १६ शोका लागि उनको नाम पुष्टि हुने विश्वास गरिएको छ ।

कनिका मान
‘खतरों के खिलाडी १२’ मा कनिका मानको भड्कावपूर्ण व्यवहार देखिएका थिए । त्यसयता फ्यानहरूले उनलाई ‘बिग बोस १६’ मा ल्याउन सामाजिक सञ्जालमा माग गरिरहेका छन् । उनी शोमा सामेल हुने पक्का छ । 
 

Logo