गोठाटार घटना : घाइतेको पहिचान खुल्यो

गोठाटार घटना : घाइतेको पहिचान खुल्यो


काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट सोमबार साँझ घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।

कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका हुन् । सर्लाहीको हरीवन घर भएका उनी कागेश्वरी बस्दै आएको प्रहरीले जनाएको छ । 

घाइतेलाई टिचिङ अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ । दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड  गोली लागेको छ । 

५८  वर्षीय उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र बनाएको छ । पल्सर मोटरसाइकलमा आएका ती अज्ञात व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ। 

Skip This
Logo