आज थप ७४ जनामा कोरोना पुष्टि

आज थप ७४ जनामा कोरोना पुष्टि


देशभर आज थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

३ हजार ५१२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३९ तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । 

यही अवधिमा १६० जना कोराना मुक्त भएका छन् । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ६१९ पुगेको छ । पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाको कारण हालसम्म १२ हजार १६ जनाको मृत्यु भएको छ । 

Skip This
Logo