राप्रपा नेपालका केन्द्रीय सदस्य शाहीसहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश

राप्रपा नेपालका केन्द्रीय सदस्य शाहीसहित दर्जनौं कार्यकर्ता एमालेमा प्रवेश


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य धीरजकुमार शाहीसहित दर्जनौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । 

दर्जनौं कार्यकर्तासहित राप्रपा नेपालका केन्द्रीय सदस्य शाही र दैलेख जिल्लाका अध्यक्ष नवीनकुमार शाही एमालेमा प्रवेश गरेका हुन् । शाही दैलेखका स्थायी बासिन्दा हुन् ।

पार्टी कार्यालय, च्यासल, ललितपुरमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेलले उनीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् । 
 

Logo