सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता

सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता


सरकार र नेपाल स्काउटबीच कार्यसम्पादन सम्झौता भएको छ ।

युवा तथा खेलकूद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र  नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, बजेट एवम् वार्षिक विकास कार्यक्रमलाई समयमै सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित उक्त सम्झौता गरिएको स्काउटका संयोजक भण्डारीले बताए । 
खेलकुदमन्त्री महेश्वरजंग गहतराजको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।सम्झौतापत्रमा हस्ताक्षर गर्दै  संयोजक भण्डारीले आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम समयसीमा रही सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । 

Logo