गोठाटार गोलीकाण्डः अनुसन्धान गर्न एसएसपीकाे संयोजकत्वमा विशेष समिति गठन

गोठाटार गोलीकाण्डः अनुसन्धान गर्न एसएसपीकाे संयोजकत्वमा विशेष समिति गठन


काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका -८ गोठाटारमा गोली हानेर हत्या गरिएको घटनाको अनुसन्धान तथा छानविन गर्न विशेष समिति गठन भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईको नेतृत्वमा विशेष समिति गठन भएको हो। 

सोमबार साँझ अज्ञात बन्दुकधारीको गोली प्रहारबाट सर्लाहीको हरिवन नगरपालिकाका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेका उनको त्रिवि शिक्षण अस्पतालले मृत घोषणा गरेको थियो । 

रातो टिर्सट र जिन्स लगाएको र मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली हानेर फरार भएको थियो । घटनालगत्तै उपत्यकाका नाकाहरुमा कडाई गरेपनि उनलाई हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन । घटनाको अनुसन्धान जटिल बनेपछि विशेष समिति गठन गरिएकाे हो। समितिमा ५ जना छन् । 

दर्जी गार्मेन्ट व्यवसायी हुन् । उनले गोठाटारमै एभेन्जर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका थिए । आपराधिक पृष्ठभूमिकै दर्जी पनि १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए। २०६४ सालमा काठमाडौंको अनामनगरस्थित धोबीखोलामा गोली प्रहारबाट बलराम पटुवा नाम गरेका व्यक्तिको हत्या गरेको, नक्कली नोटको कारोबार लगायतका आरोपमा उनी जेल पुगेका थिए । रिहापछि भने उनी गार्मेन्टको व्यवसाय गरिरहेको बुझिएको छ । 

Logo