मेयर साम्पाङले भने : ‘आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो’

मेयर साम्पाङले भने : ‘आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो’


धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगले तोकेको जरिवानाप्रति आपत्ति जनाएका छन् । 

मेयर साम्पाङले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश पोष्ट गर्दै निर्वाचन आयोगले तोकेको  जरिवानाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनले आफ्नो चुनावी खर्च २ लाख पनि नभएको उल्लेख गर्दै आयोगले ५ लाख ५० हजार जरिवाना तिराउनु भनेको लुट्नु हो भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।  

उनले लेखेका छन्,’ दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो, मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै ’

निर्वाचन आयोगले खर्च विवरण ढिला गरि बुझाउने र खर्च विवरण नै नबुझाउने स्थानीय तह निर्वाचनका उम्मेद्वारहरुलाई जरिवाना गरेको छ । 

Skip This
Logo