सीट बाँडफाँडबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै, आज टुङ्ग्याउने दाबी

सीट बाँडफाँडबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै, आज टुङ्ग्याउने दाबी


सीट बाँडफाँटको टुंगो लगाउन सत्तारुढ गठबन्धन दलहरुको बैठक आज पनि बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बैठक बस्ने  सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाकारी दिए । उनले ८० प्रतिशत सिटमा भागबण्डा मिलेको र आज बस्ने बैठकले त्यसलाई टुंगो लगाउने दाबी पनि गरे । आजको बैठकले सीट बाँडफाँट टुंगो लगाउने नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको पनि दाबी छ। आजको बैठकमा राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र गठबन्धनको आगामी रणनीतिबारेमा पनि छलफल हुने बताइएको छ। 

Logo