रहेनन् भारतीय हास्यकलाकार राजु श्रीवास्तव

रहेनन् भारतीय हास्यकलाकार राजु श्रीवास्तव


चर्चित भारतीय कमेडियन तथा अभिनेता राजु श्रीवास्तवको निधन भएको छ ।

राजुलाई केही दिनअघि ब्रेन डेड घोषणा गरिएको थियो । ५८ वर्षीय राजु श्रीवास्तवलाई हृदयघात भएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजु श्रीवास्तव अगस्ट १० देखि अस्पतालमा भर्ना भएका थिए । जहाँ उनको उपचारको क्रममा मृत्यु भएको हो । 

राजु श्रीवास्तव हिन्दी चलचित्र र टिभी कार्यक्रमहरूमा आफ्नो कमिक टाइमिंगको लागि चिनिन्छन् । राजु श्रीवास्तव भारतकै सबैभन्दा लोकप्रिय हास्य कलाकारहरू मध्ये एक थिए । भदौ १० गते होटलको जिममा कसरत गरिरहेका बेला उनलाई हृदयघात भएको थियो ।

हृदयघात अघि राजु ट्रेडमिलमा दौडिरहेका थिए । त्यही क्रममा उनको छाती दुखेको महसुस भएपछि उनी तुरुन्तै तल खसेको बताइएको छ । त्यसपछि राजुलाई तत्काल अस्पताल लगिएको थियो । हृदयघातपछि राजु श्रीवास्तवको एन्जियोग्राफी पनि गरिएको थियो । जसमा उनको मुटुको ठूलो हिस्सा शतप्रतिशत ब्लक भएको पाइएको थियो ।

कानपुर निवासी राजु श्रीवास्तवको वास्तविक नाम सत्य प्रकाश श्रीवास्तव हो । उनी पर्दामा गजोधर भैयाको नामले चर्चित थिए । उनको जन्म २५ डिसेम्बर १९६३ मा जन्मनुभएको थियो । श्रीवास्तवले आफ्नो अभिनय कलाले सबैलाई हँसाउँथे आएका थिए ।

श्रीवास्तवले आफ्नो भाग्य राजनीतिमा आजमाएका थिए । २०१४ को लोकसभा चुनावमा समाजवादी पार्टीले उनलाई कानपुर सिटबाट उम्मेदवार बनाएको थियो तर उनले स्थानीय पार्टी कार्यकर्ताको समर्थन नपाएको भन्दै टिकट फिर्ता गरेका थिए । पछि उनी त्यही वर्ष मार्ट २०१४ मा भाजपामा सामेल भए । राजु श्रीवास्तव सन् १९८० को दशकदेखि मनोरञ्जन क्षेत्रमा सक्रिय छन् ।

सन् २००५ मा स्ट्यान्ड–अप कमेडी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ को पहिलो सिजनमा भाग लिएपछि उनले धेरै लोकप्रियता कमाएका थिए । उनले ‘मैने प्यार किया’, ‘बाजीगर’, ‘बम्बे टु गोवा’ (रिमेक) र ‘आमदानी अथनी खर्चा रुपैया’ जस्ता चर्चित फिल्महरुमा अभिनय गरेका थिए । 

Logo