नेपाल-भारत सहसचिव स्तरीय बैठक शुरु

नेपाल-भारत सहसचिव स्तरीय बैठक शुरु


नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक शुरु भएको छ । बुधवारबाट काठमाडौंमा दुई देशबीचका सहसचिवहरुको दुई दिने बैठक शुरु भएको हो । 

बैठकमा पञ्चेश्वर बहुउद्देशीय परियोजना, टनकपुर ब्यारेज अगाडिको हेड रेगुलेटर र लिंक नहरको ओडाल टाई, नेपाल–भारत सीमा टनकपुर–महेन्द्रनगर जोड्ने सडक निर्माण, चाँदनी–दोधारा क्षेत्रमा सिंचाईको पानी छोड्नेबारे, सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना र सुनकोशी भण्डारण सह डाइभर्सन योजनाका बारेमा छलफल हुनेछ । 

त्यस्तै कोशी र गण्डक आयोजनासँग सम्बन्धित मुद्दाहरू, कोशी आयोजना, गण्डक आयोजना, विभिन्न द्विपक्षीय समितिका गतिविधिहरूका बारेमा छलफल हुनेछ । नेपालबाट भारत बहने अन्य नदीहरुको डुबान र कटानका समस्याहरू, खाँडो, बाणगंगा र पश्चिम राप्ती नदीहरूमा  नयाँ उठाइएका कामहरूको स्थितिका बारेमा पनि छलफल हुने बताइएको छ । नेपालबाट भारततर्फको उडान, महाली सागरका कारण भएका समस्या, भुजेला गाउँको महाकाली नदीमा कटान र नेपाल–भारत सीमा क्षेत्रका मुद्दाहरुका बारेमा  छलफल हुनेछ ।  

Logo