नेपालकै सबैभन्दा ठुलो ‘एसियन ह्याक’ हुने

काठमाडौं । नेपालकै सबैभन्दा ठुलो ‘एसियन ह्याक’ हुने भएको छ । भदौ ७ र ८ गते हुने प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरू २-४ को समूहमा आउने छन् ।

विचारहरू साझा गर्न र टेक्नोलोजीको माध्यमबाट प्रस्तुत तथा सामना गर्ने चुनौतीहरूको नवीन समाधानको विकास गर्न “एसियन ह्याक” आयोजना गरिएको हो । यस ह्याकाथनको लक्ष्य भनेको विद्यार्थी, विकासकर्ताहरू, डिजाइनरहरू र उद्यमीहरूलाई एकसाथ अगाडि बढाउने हो । यस ह्याकाथनले डिजिटल नेपालको इकोसिस्टममा सहयोग गर्नेछ।

के हो “ह्याकाथन” ?
“ह्याकाथन” एक यस्तो सभा हो जहाँ प्रोग्रामरहरूले कम समयको अवधिमा एक चरम तरिकाले सहकार्य गर्दछ । कुनै विशेष परियोजनामा काम गर्दा, प्रत्येक विकासकर्ताले आफूले चाहेको जुन पनि काम गर्न सक्ने क्षमता र स्वतन्त्रताको लागि विचार राख्छ।

ह्याकाथनलाई ह्याकफेस्ट वा ह्याक डेको रूपमा पनि चिनिन्छ। बिशेष रुप मा ऋयmउगतभच र क्ष्त् को क्षेत्रमा ह्याकाथनको महत्व हुन्छ । यस “एसियन ह्याक” अतिरिक्त प्रदर्शनहरू र मनोरञ्जनसहितको एक ह्याकाथन हो। एशियन ह्याकमा कलेज प्रोजेक्टहरू, रोबोटिक्स प्रोजेक्टहरू, खेलहरू र स्टालहरू प्रदर्शन गरिनेछ ।

ह्याकथनमा प्रथम हुनेले नगद ४० हजार पुरस्कार पाउनेछन् । त्यस्तै फर्स्ट रनर अपले २० हजार, सेकेण्ड रनरअपले १० हजार तथा बेस्ट फ्युचरिस्टिक मोडल र बेस्ट प्रेजेनटेसनले जनही पाँच हजार पुरस्कार पाउनेछन् ।