संघ संस्था र व्यापारिक कम्प्लेक्सहरुलाई कर तिर्न काठमाडौं महानगरको १० दिने अल्टिमेटम

संघ संस्था र व्यापारिक कम्प्लेक्सहरुलाई कर तिर्न काठमाडौं महानगरको १० दिने अल्टिमेटम


काठमाडौं महानगरपालिकाले विभिन्न संघ–संस्था र व्यापारिक कम्प्लेक्सहरुलाई १० दिनभित्र घर जग्गा सम्पत्ति कर बुझाउन अल्टिमेटम दिएको छ । 

महानगरपालिकाले आज  एक सूचना जारी गर्दै सिभिल मल, वरूण वेभरेज, सिद्धार्थ वनस्थली स्कूलसहित ४१ व्यवसायीक भवन लगायतलाई  कर बुझाउन आह्वान गरेको हो । साथै बहालमा भए लिने दिनेबीच भएको सम्झौतामा उल्लेखित रकमको १० प्रतिशतले हुन आउने बहाल करसहित बुझाउन महानगरले अनुरोध गरेको छ।

 

महानगरकाे सूचनाः-

 

 

Logo