राष्ट्रपतिको कदमविरुद्ध लोसपाद्धारा जनकपुरमा चक्काजाम

राष्ट्रपतिको कदमविरुद्ध लोसपाद्धारा जनकपुरमा चक्काजाम


लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा जनकपुरमा चक्काजाम गरेको छ । 

लोसपाले बुधबार जनकपुरको प्रवेश चौक र पिडारी चौकमा चक्काजाम गरेको हो । लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलनको चेतावनी दिइरहेका छन् 

Logo