गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा

गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा


सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । 

बुधबार प्रदर्शनी मार्गस्थित आर.आर क्याम्पस अघि पत्रकार सम्मेलनको आयोजना गर्दै सत्तारुढ विद्यार्थी संगठनहरुले राष्ट्रपति भण्डारीको कदमविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उलंघन गरेको भन्दै आन्दोलनको घोषणा गरेका हुन् । 

राष्ट्रपति दलीय स्वार्थ र इसाराबाट परिचालित भएर संविधान उलंघनमा लागेको विद्यार्थीहरुले आरोप लगाएका छन्। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बिहीबार देखि सत्ता गठबन्धन निकट विद्यार्थीले राष्ट्रपतिविरुद्ध चरणबद्ध रुपमा आन्दोलन गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति प्रतिगमनको मतियार बनेको संयुक्त विद्यार्थी संगठनको निष्कर्ष रहेको बताए ।

Logo