अख्तियारमा एक वर्षमै १६ हजार बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता

अख्तियारमा एक वर्षमै १६ हजार बढी भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता


अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्षको समयावधिमा १६ हजारभन्दा बढी भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएको छ । 

बुधबार अख्तियारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्यामप्रसाद भण्डारीले ३२ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७८र०७९ मा मात्रै १६ हजार २३८ उजुरी परेको जानकारी दिएका हुन् । 

अख्तियारको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष ०७७र०७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीसहित अख्तियारमा अहिले २४ हजार ३३१ भ्रष्टाचार सम्बन्धी उजुरी रहेको उलेख छ । जस अन्तर्गत आयोगको केन्द्रीय कार्यालय टंगालमा १२ हजार ३०० र मातहतका कार्यालयहरुमा १२ हजार ३१ उजुरी छन् । 

गत आव ०७८र७९ मा दर्ता उजुरीमध्ये सबभन्दा बढी २७.७ प्रतिशत अर्थात् ४ हजार ४९५ लिखित निवेदन मार्फत उजुरी परेको प्रतिवेदनमा उल्लेख छ । यस्तै हुलाक सेवाबाट १७ प्रतिशत अर्थात् २ हजार ७६०, इमेलबाट २ हजार ७५७ अर्थात् १७ प्रतिशत उजुरी परेको प्रतिवेदनमा उल्लेख छ ।  

Logo