करिष्माको प्रष्टीकरण- ‘भेडो सोझो हुन्छ, खराव होइन’

केही दिन अघि सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेखेर निकै गाली खाएपछि नायिका करिष्मा मानन्धरले त्यसको जवाफ दिएकी छिन् । उनले आफ्नो भनाई एउटा रहेको तर आम सर्वसाधारणले अर्कै बुझेको भन्दै त्यसको खण्डन गरेकी हुन् ।

उनले त्यहाँ ‘भेडा’ शब्द प्रयोग गरेकी थिइन् र जनतालाई भेडा भनेको भन्दै उनको स्टाटसमा थुप्रै कमेन्टहरु आएका थिए । उनले आफ्नो कुनैपनि विषयमा गलत नियत नरहेको र कोही कसैलाई यसबाट नराम्रो असर पुगेको भए माफी समेत मागेकी छिन् ।

उनले पहिले लेखेको स्टाटस

जवाफमा अर्को स्टाटस

 

आदरणीयहरुमा के आग्रह गर्न चाहान्छु भने कुनैपनि शब्दको अतिवादी सोच बनाउदै त्यसको  काल्पनिक अर्थ नलगाई दिनुहोस। म पनि जनताले नै बनाएको मानिस हु । समाजप्रती उत्तरदायित्व महसुस गर्ने मानिस हु । त्यसैले जब केही चित्तबुझ्दो नलागेमा सामाजिक संजालमा केही लेख्ने गर्छु । अस्ति लेखेको लेखमा जुन शब्द प्रयोग गरेको थिए त्यसमा जनतालाई भेडा भनेको होइन। भेडो सोझो हुन्छ, खराव होइन।  त्यो भेडो पनलाई इन्कित गरेको हु ।

नेपालको जनसंख्या २६४९४५०४ सबै मेरा प्यारा र आदरणीय हुनुहुन्छ।  उहाँहरुको मायाले आज यो कलाकार करिश्मा मानन्धर छ । तर, के चाहिँ हो भने कतिपय आवस्थामा हाम्रो अग्रिम या छिटो प्रतिक्रियाले परिस्थिति असहज बनाउछ। कतिपय कुरामा राज्यको कामकारबाही असहज हुन्छ। हामी एउटा कानुनी राज्यमा बस्छौ कि त यो देशको कानुन नमान्न पर्यो कि राज्यलाई सहयोग पुराउनु पर्यो।

राज्यको कामकारबाही सहि नभएमा अवस्य पनि आपत्ति उठाउनु पर्छ । सहि तरिकाले काम गर्नु शान्ति सुरक्षा कायम गर्नु राज्यको दायित्व हो । फेरि यो मैले अहिले भैरहेको केस बारे भनेकै होइन यो हरेक केसमा हो । राज्यले सहि तरिकाले कामकारबाही गर्न असमर्थ भएका कारण अराजकता फैलियो भनेको हुँ ।

अन्त्यमा, मेरो शब्दले अफुलाई भनेको हो भनेर रिसाउनु भएको छ भने माफ गरिदिनु होला । त्यो कुनै व्यक्तिलाई भनेको होइन प्रवृत्तिलाई भनेको हुँ जसबाट हामी सबै बच्नु पर्छ । शुभदिन।