विवाह भोजमा बम विस्फोट हुँदा ६३ जनाको मृत्यु

अफगानिस्तानमा विवाह भोज चलिरहेको हलमा आत्मघाती बम विस्फोट हुँदा ६३ जनाको मृत्यु भएको छ।  विस्फोटमा १८० जनाभन्दा बढी घाइते भएका छन्।

विस्फोट भएको क्षेत्रमा धेरैजसो महिला र बालबालिका रहेको अधिकारीहरुले बताएका छन् । सिया मुसलमानहरुको बाहुल्यता रहेको पश्चिम क्षेत्र भएको सो आक्रमणको जिम्मेवारी हालसम्म कसैले लिएको छैन भने तालिबानले विस्फोटमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।

तालिबानले महिला र बालबालिका प्रति लक्षित गर्दै भएको आक्रमणको निन्दा गरेको छ । सो क्षेत्रमा रहेका सिया मुस्लमानलाई लक्षित गर्दै सुन्नी मुस्लिम, तालिबान र इस्लामिक स्टेटले बारम्बार आक्रमण गर्दै आएका छन् ।