धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, छोराछोरी पनि घाइते

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, छोराछोरी पनि घाइते


कैलालीमा कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । 

जिल्लाको गौरीगंगा नगरपालिका ५ अण्डैयामा बिहीवार बिहान श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो । यस्तै कुटपिटबाट दुई छोराछोरी पनि घाइते भएका छन् । मृतकका श्रीमान शेरबहादुर नाम्जाली मगरले श्रीमती ललिता नाम्जाली मगरलाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ । 

घटनामा १७ वर्षीया छोरी लक्ष्मी नाम्जाली मगर र १२ वर्षका छोरा विजय नाम्जाली मगर घाइते भएका छन् । घाइते लक्ष्मीलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ। विजयलाई  सामान्य चोटपटक लागेको छ । 
 

Logo