वीर अस्पतालका अनधिकृत संरचनामा महानगरकाे डोजर चल्दा जे देखियाे [फोटो फिचर]

वीर अस्पतालका अनधिकृत संरचनामा महानगरकाे डोजर चल्दा जे देखियाे [फोटो फिचर]


काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो । 

संरचना भत्काउने विषयमा महानगरले माइकिङ गरेर जानकारी दिने र समान हटाउन अनुरोध गर्ने गरेको छ । बिहीबार नगर प्रहरी, स्थानीय जनप्रतिनिधिसहितको टोलीले वीर अस्पताल अगाडि रहेका अनधिकृत संरचना भत्काएको हो ।  

अनधिकृत संरचनामा फार्मेसी रहेका थिए । पार्क बनाउने भनेर स्वीकृति लिएको स्थानमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्न भाडामा दिएपछि महानगरले डोजर चलाएको हो । 

 तस्विरहरूः-

 

Logo