आइएमई पेको नयाँ ब्याजदर सार्वजनिक

आइएमई पेको नयाँ ब्याजदर सार्वजनिक


आइएमई पेले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । साविकमा रहँदै आएको ६.०३ प्रतिशतको ब्याजदर बढाएर ७.१३ प्रतिशत कायम गरिएको हो ।

प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्नेछन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा १ हजार रुपैयाँ कायम राखी सुपर वालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ । 

आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्त्वपूर्ण आयाम हुन सक्ने विश्वास लिइएको बताइएकाे छ ।

साथै ग्राहकहरुले यस दशैँ, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९ अभियानअन्तर्गत आइएमई पे मार्फत कुनै पनि कारोवार गरेर बम्परमा राफ्ट वारिअरको इ स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाैचरको साथै अन्य धेरै उपहारहरु जित्ने मौका पाउने कम्पनीले जनाएकाे छ । 

Logo