आगामी निर्वाचनमा हिंसात्मक गतिविधि बढी हुन्छन्ः सिपी गजुरेल

आगामी निर्वाचनमा हिंसात्मक गतिविधि बढी हुन्छन्ः सिपी गजुरेल


विभिन्न ४ कम्युनिष्ट दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् ।  

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन बहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी निर्वाचन बहिष्कार गरेका हुन् । उनीहरुले निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिलेको संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको बताए । 

पत्रकार सम्मेलनमा बोल्दै देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले नागरिकता विधेयकको बिरोध गर्नेहरुले नागरिकता पाउने अधिकारलाई खोस्न खोजेको भन्ने भ्रम छरेको बताए । उनले मधेसमा नागरिकताको विषय धेरै जटिल भएकोले मधेसमा नागरिकता पाउने खास जाती र वर्गलाई पहिचान गरेर नागरिकता प्रदान गर्न आग्रह गरे । 

उनले भूमिहीन सुकुम्वासीलाई घरमै पुगेर नागरिकता वितरण गर्नुपर्ने माग राखे । उनले नागरिकता वितरण गर्ने काम सबैभन्दा धेरै मधेसमा हुनुपर्ने बताए । उनले नागरिकताकाके विषयलाई सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले राजनीति गरेको बताए । 
 
गजुरेलले नागरिकतालाई मुख्य मुद्दा बनाएपछि नेपालमा ठूलो ध्रुविकरणको सम्भावना रहेको बताए । यस वर्षको चुनावमा हिंसात्मक गतिविधि बढी हुने स्थिति रहेको उनको भनाई छ । 
 

Logo