ओलीप्रति माधव नेपालको कटाक्षः कोही धेरै घमण्डी हुन्छन्

ओलीप्रति माधव नेपालको कटाक्षः कोही धेरै घमण्डी हुन्छन्


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डीको संज्ञा दिएका छन् ।

बिहीवार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीप्रति इंगित गर्दै उक्त कुरा बताएका हुन् । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै घमण्ड नरहेको उल्लेख गर्दै कोही भने धेरै घमण्डी भएको बताए । मान्छेहरु पैसा, बल, ज्ञान, सत्ता वा कुनै कुराले घमण्डी बन्ने गरेको नेपालको भनाइ थियो । 

उनले भने, ‘हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन, तर कोहीमा बढो अहंकार हुँदो रहेछ । त्यो घमण्डी नभएर अहंकार नभएर सरल जीवन बतिाउने कुरा ठूलो कुरा हो । मान्छेहरु पैसाको अहंकारले मात्तिएका हुन्छन्, कि सत्ताको अहंकारले मात्तिएका हुन्छन् । कि बलको अहंकारले मात्तिएका हुन्छन् । कि ज्ञानको अहंकारले मात्तिएका हुन्छन् । केही चिजले मात्तिएका हुन्छन् । क्वालिट भएर पनि विनम्र छ भने त्यो मान्छे नै सबैको पूज्य हुन्छ । स्व. थापा पनि त्यस्तै विनम्र हुनुहुन्थ्यो ।’

अध्यक्ष नेपालले स्व. थापामा विद्वतासँगै विनम्रताको उदाहरण रहेको बताए ।   

Logo