किसानका गोठ गोठमा किन छिरे मुख्यमन्त्री ?

मकवानपुर,

प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल ब्यस्तताको बीच केही समय बच्यो कि भीडभाडयुक्त बजारबाट निस्कि हाल्छन्, अनि पुग्छन् ग्रामिण बस्ति र किसानका बारी बगैंचामा ।

अघिल्लो हप्ता जिल्लाको मनहरी गाउँपालिकाको बोटे समुदाय तथा अर्गानिक तरकारीको अबलोकन गरेका मुख्यमन्त्री पौडेल पछिल्लो पटक मकवानपुर गढी गाउँपालिका पुगेका छन् । “किसानको कर्म (श्रम/पसिना) ले श्रृंगार गरेको स्थान हेर्न मन पराउँछु” मुख्यमन्त्री पौडेल भन्छन् “आफू किसानकोमा पुग्दा कर्मशिलहरुलाई प्रोत्साहन हुन्छ, उनीहरुको समस्या बुझ्न र समाधानको पहल गर्न सकिन्छ भने किन नजाने ?”

दिनहुँको व्यस्त काम । दलका नेता देखि कार्यकर्ता सम्मको भेटघाट । मन्त्रालयगत कामको रिपोटिङ लिने, निर्देशन दिने भ्याई नभ्याइ । यस्ता दैनिकीलाई पन्छाउदै उनी किसानका गोठमा पुगे । उनीहरुका समस्या बुझ्ने जमर्को गरे । बिशेषगरी बिदाको समय निकाल्दै यसअघि मनहरी गाउँपालिका र हेटौंडा पदमपोखरीका किसानले उत्पादन गरेको तरकारी खेती र पशुपालन हेर्नु भएका मुख्यमन्त्री पौडेल मकवानपुर गढीका किसानकोमा पुगेका हुन् ।

गढी गाउँपालिका–३ मक्रान्चुलीका किसानले व्यावसायिक गाईपालनको अवलोकन गरे । किसानले बर्षौअघि देखिका समस्या प्रदेश सरकारका मुख्यमन्त्री पौडेल घरमै आएको समयमा निर्धक्कले राखे । सबैजसो किसानको एउटै समस्या थियो दुध उत्पादन लागत महंगो भयो, उत्पादन लागत घटाउन प्रदेश सरकारले सहयोग आवश्यक भयो । हेटौंडा ६ चौघडामा नेकपाका नेता बालकृष्ण चौलागाईले सुरु गरेको आधुनिक फूलखेतिको पनि मुख्यमन्त्री पौडेलले अनुगमन गरेका छन् ।
राजधानीबाट