घरको छतमा करेला टिप्न जाँदा खसेर महिलाको मृत्यु

घरको छतमा करेला टिप्न जाँदा खसेर महिलाको मृत्यु


झापामा घरको चार तलामाथिबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

घरको चार तलामाथि फलेका करेला टिप्न जाँदा लडेर बिर्तामोड नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया मधु शर्मा आचार्यको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रूगमबहादुर कुँवरका अनुसार घरको चार तलामाथि बरन्डामा फलेका करेला टिप्न खोज्दा चिप्लिएर लडेको बिर्तासिटी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Logo