रवि लामिछानेको समर्थकलाई भेडा भनेको होइन : करिष्मा मानन्धर (भिडियो सहित)

केही दिन अघि सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेखेर निकै गाली खाएपछि नायिका करिष्मा मानन्धरले त्यसलाई प्रष्ट्याएकी छिन् । उनले आफ्नो भनाई एउटा रहेको तर आम सर्वसाधारणले अर्कै बुझेको भन्दै त्यसको खण्डन गरेकी हुन् ।

उनले त्यहाँ ‘भेडा’ शब्द प्रयोग गरेकी थिइन् र जनतालाई भेडा भनेको भन्दै उनको स्टाटसमा थुप्रै कमेन्टहरु आएका थिए । उनले आफ्नो कुनैपनि विषयमा गलत नियत नरहेको र कोही कसैलाई यसबाट नराम्रो असर पुगेको भए माफी समेत मागेकी छिन् ।

यसै विषयमा हामीले अभिनेत्री करिष्मासंग कुराकानी गरेका छौं।