एक महिनाभित्र साइनबोर्डको कर नतिरे हटाउने महानगरको तयारी

एक महिनाभित्र साइनबोर्डको कर नतिरे हटाउने महानगरको तयारी


काठमाडौं महानगरिपालिकाले परिचयपाटी (साइनबोर्ड) राखे वापतको कर ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

महानगरले शुक्रबार एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र व्यवसाय गर्ने केही व्यक्ति, संघ संस्थाले आफ्नो कार्यस्थल बाहिर राखी आएको परिचयपाटी साइनबोर्डको कर एक महिना भित्र नतिरे हटाउने जानकारी गराएको हो ।

महानगरले सूचना मार्फत उक्त साइनबोर्ड राखे बापतको शुल्क नबुझाइएको पाइएकाले ३० दिन भित्र सम्बिन्धित वडा कार्यालयमा गई कर बुझाउन सम्बन्धित सबैमा जानकारी गराएको छ । 
उक्त अवधिमा परिचयपाटी शुल्क नबुझाउने वा तोकिएको साइजभन्दा ठुला राखेको पाइएमा त्यस्तो सूचना पाटी महानगरले तत्काल हटाउने जनाएको छ ।

यस्तो सूचनापाटीको लागि ६ वर्गफिट सम्मको लागि वाषिर्क ५०० रुपैयाँ शुल्क लाग्ने महानगरले जनाएको छ । त्यस्तै १५ वर्गफिट सम्मको लागि १५०० रुपैयाँ १५ देखि ३० वर्गफिट सम्मको लागि प्रतिवर्ग फिट १ हजारको दरले शुल्क लाग्ने जनाएको छ । ३० वर्गफिटभन्दा माथिको भने बोर्ड राख्न नपाइने महानगरको सूचनामा उल्लेख छ ।

Logo