पाकिस्तान पुगेर जोलीले भनिन्-मैले यस्तो कहिल्यै देखेकी थिइन

पाकिस्तान पुगेर जोलीले भनिन्-मैले यस्तो कहिल्यै देखेकी थिइन


हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् ।

बाढीग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् । पछिल्लो सरकारी तथ्यांकअनुसार पाकिस्तानमा अभूतपूर्व मनसुनी वर्षाले देशको एक तिहाइ भागमा बाढी आएको छ  र  १६ सय जनाको मृत्यु भएको छ । बाढीबाट ७० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीका कारण मानिसहरुलाई सफा पिउने पानीको अभाव हुनुका साथै विभिन्न संक्रामक रोग फैलिएको छ । बाढीपछि प्रभावित केही क्षेत्रमा डेंगुको प्रकोप बढेको छ ।

पाकिस्तानमा अहिलेको अवस्था आफूले कहिल्यै नदेखेको उनले बताइन् । ‘मैले यस्तो कहिल्यै देखेकी थिइन’, प्रभावित क्षेत्रका वासिन्दासँग जोलीले भनिन् । जोलीले यसअघि सन् २०१० को बाढी र २००५ को विनाशकारी भूकम्पका पीडितहरूलाई भेट्न पाकिस्तान गएकी थिइन् । जलवायु परिवर्तनले अहिलेको अवस्था सृजना गरेको उनले संकेत गरिन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त को प्रतिनिधित्व गर्ने जोलीले दक्षिणी सिन्ध प्रान्तको बाढी प्रभावित क्षेत्रको भ्रमण गरेकी थिइन् ।

एजेन्सी

Logo