काठमाडौंदेखि भारतको लद्दाखसम्म यात्रा गरिने

काठमाडौं । नासा बुलेट क्लबका राइडरहरुले काठमाडौंदेखि भारतको लद्दाख सम्मको यात्रा गर्ने भएका छन् । आगामी सेप्टेम्बर २७ अर्थात असोज १० देखि अक्टोबर १७ अर्थात असोज ३० सम्म सो राइड कार्यक्रम हुने भएको हो ।

विश्व पर्यटन दिवसको अवसरमा भिजिट नेपाल २०२० लाई समेत सहयोग पुग्ने गरी सो राइड कार्यक्रम गर्न लागिएको बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले जानकारी दिए । ड्रिम द हिमालयज थिममा काठमाडौंदेखि भारतको आग्रा, दिल्ली, सिमला, स्पिटी, लेह हुँदै राइडरहरु लद्दाख पुग्ने छन् । त्यसपछि उनीहरु मनाली, चण्डिगढ, दिल्ली हुँदै काठमाडौं फर्किने छन् ।

२१ दिन सम्म चल्ने सो कार्यक्रममा नासा बुलेट क्लबका राइडरहरुले रोयल इन्फिल्डका बाइक प्रयोग गर्ने छन् । नासा बुलेट क्लबले यो भन्दा पहिले पनि विभिन्न स्थानमा समय समयमा यस्ता राइड कार्यक्रम आयोजना गर्दै आएको छ ।

काठमाडौंदेखि भारतको लद्दाखसम्म यात्रा गरिने