प्रधानमन्त्रीको अंग्रेजी भाषण, ‘गैंडाज आर गैंडाज, नट राइनो’ (भिडियोमा)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन गरे । सोमबार काठमाडौंमा गरिएको सम्मेलनमा प्रधानमन्त्री ओलीले विभिन्न विषयमाहरूमा आफ्नो धारणा समेत राखे ।

झण्डै आधा घण्टा अंग्रेजीमा भाषण गरेका प्रधानमन्त्री ओलीले निकै गम्भीरताका साथ विदेशी पाहुनाहरूलाई नेपालबारे चिनाउने प्रयास समेत गरे । जसमा प्रधानमन्त्रीले एक सिंगे गैडा, विश्वका सर्वोच्च सगरमाथा, नेपालको राजनीतिक अवस्था, तीनै तहको सरकार तथा नेपालको हवाई क्षेत्रको सुरक्षाबारे समेत आफ्नो धारणा राखेका थिए ।

जसमा प्रधानमन्त्री ओलीले गैंडालाई राईनो नभई गैंडा नै भन्नुपर्ने धारणा राखे । गैंडालाई राईनो भनिएको प्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘गैंडाज आर गैंडाज, नट राईनो ।’ त्यस्तै सगरमाथालाई माउन्ट एभरेष्ट भनिएको प्रति पनि प्रधानमन्त्रीले असन्तुष्टि जनाए । उनले माउन्ट एभरेष्टको सत्य नाम सगरमाथा भएको भन्दै भने, ‘माउन्ट एभरेष्ट रियल नेम ईज सगरमाथा ।’

नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा साथ दिन समेत सबैलाई आग्रह गरे । सोमबारबाट सुरु भएको सम्मेलन पाँच दिन सम्म चल्ने छ । यो सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेका छन् ।