काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेका छन् । दोस्रो कार्यकालको लागि प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीले पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
भोलि मंगलबार साँझ पाँच बजेका लागि बोलाइएको सर्वदलीय बैठकमा देशको समसामयीक राजनीति घटनाक्रममा विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उक्त बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व चयनदेखि मुलुकको विकास निमार्ण र समृद्धि योजनासम्मका विषयमा छलफल हुनेछ ।