कश्मिर विवादबारे बोल्यो नेपाल, ‘नजिकबाट नियालिरहेका छौं’ भिडियोमा)

नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक बुधबारबाट काठमाडौंमा सुरु हुने भएको छ । परराष्ट्र मन्त्रालयले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनगर्दै आगामी बुधबार र बिहिबार संयुक्त आयोगको बैठक बस्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँचौ बैठक मुख्य ५ वटा एजेन्डा रहेको बताए । बैठकमा राजनैतिक, सुरक्षा र सीमा, कनेक्टिभिटी र आर्थिक सहयोग, ब्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत र शिक्षा तथा संस्कृति सम्बन्धिविषयमा छलफल हुने भएको छ ।

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लो समय भारत पाकिस्तानबीच बढ्दो तनाव र काश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिए । यो दुई देश बीचको विषय भएको र यसलाई बार्ता र सहमतिबाट मात्रै निकास खोज्न सकिने बिश्वाश ब्यक्त गरे ।