झण्डै ८० करोड तिर्न नसकेपछि ‘हेलो नेपाल’ को लाइसेन्स खारेज

काठमाडौं । कम्पनीले नेपाल दूरसञ्चार प्राधिरकणले नेपाल स्याटेलाइट टेलिकम कम्पनी हेलो नेपाल को अनुमतिपत्र खारेज गरेको छ । अजेयराज सुमार्गी स्वामित्वमा रहेको यो कम्पनीको लाइसेन्स खारेज गरिएको हो । ।

बक्यौतावापतको नवीकरण दस्तुर तिर्न नसकेपछि कम्पनीको अनुमतिपत्र खारेज गरिएको हो । कम्पनीले प्राधिरकणलाई करीब ७९ करोड ९२ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

भदौ १ गतेसम्म पहिलो किस्तावापत करिब ७ करोड रुपैयाँ तिर्न प्राधिकरणले सयमसीमा दिएको थियो । तर, उसले बक्यौता नतिरेपछि प्राधिरकणको बोर्ड बैठकको निर्णयले कम्पनीको अनुमतिपत्र खारेज गरिएको प्रवक्ता तथा निर्देशक मिनप्रसाद आर्यालले जानकारी दिए । कम्पनीलाई लाइसेन्स खारेज भएको जानकारीसहितको पत्र पठाइसकिएको बताए ।

यो कम्पनीले मध्यपश्चिमको ग्रामीण क्षेत्रबाट सेवा थालेर सुदुरपश्चिम र पश्चिमाञ्चलमा सेवा दिन सक्ने गरी आधारभुत दूरसञ्चार सेवको लाइसेन्स पाएको थियो ।

अब कम्पनीले सरकारसमक्ष ३५ दिनभित्र निर्णय पुनरावलोकनका लागि आवेदन दिन सक्नेछ । यो कम्पनीले प्राधिरकणबाट १८ सय ब्यान्डमा ९ मेगाहर्ज र ९ सय ब्यान्डमा ४.४ मेगाहर्जको फ्रिक्वेन्सी पाएको छ ।