ज्योति विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता

काठमाडौं,
ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा रेमिट टु नेपालसँग रेमिट सेवाका लागि सम्झौता गरेको छ ।

ज्योति विकास बैंक र रेमिट टु नेपालबीच उक्त सहकार्य सम्झौता भएको हो । सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक सुशीलकुमार शर्मा तथा रेमिट टु नेपालको तर्फबाट रेमिट टु नेपालका महाप्रबन्धक सन्तोष भेटवालले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

सम्झौता पश्चात रेमिट टु नेपालको रेमिट सेवा ज्योति विकास बैंकको जुनै पनि शाखा कार्यालयबाट लिन सकिनेछ । ज्योति विकास बैंकको मुलुकभर रहेका ९७ वटा शाखाबाट रेमिट टु नेपालको देश–विदेशबाट हुने रेमिट सेवा उपलब्ध हुने पनि बैंकले जनाएको छ ।