देशको विकास र जनताको हित एमालेको पहिलो प्राथमिकता : शंकर पोखरेल

देशको विकास र जनताको हित एमालेको पहिलो प्राथमिकता : शंकर पोखरेल


नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धि चाहने सबैलाई एमालेको झण्डामुनि गोलबन्द हुन आह्वान गरेका छन्। 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार आयोजित कार्यक्रममा उनले एमालेको नीति, नेतृत्व र गन्तव्यका हिसाबले स्पष्ट रहेको बताएका हुन् । उनले आफूहरूले देशको विकास र जनताको हितमा काम गर्न चाहेको बताए । 

उनले एमालेले मात्र नागरिकता विषयमा राष्ट्रिय सहमतिको आधार तयार गरेर समाधान गर्न सक्ने पार्टी भएको समेत दाबी गरे । उनले प्रगतिशील शक्ति एक ठाउँमा आएर बलियो शक्ति निर्माण आवश्यक रहेको बताए । 

Logo