जापानमा टालास आँधीका कारण २ जनाको मृत्यु

जापानमा टालास आँधीका कारण २ जनाको मृत्यु


जापानको शिजुओका प्रिफेक्चरमा शनिबार भारी वर्षासँगै आएको आँधी टालासका कारण दुई जनाको मृत्यु भएको छ । 

हजारौँ घरपरिवार विहीन भएको बताइएको छ । धेरै ठाउँमा विद्युत् विच्छेद भएका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

काकेगावा, शिजुओका प्रिफेक्चरमा आफ्नो घर पहिरोमा परेर ४० वर्षका एक व्यक्तिको मृत्यु भएको छ भने अर्का २९ वर्षीय पुरुष आफ्नो कार जलाशयमा खसेपछि मृत अवस्थामा फेला परेको क्योडो न्यूजलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

जापानी आपूर्तिकर्ता चुबु इलेक्ट्रिक पावर ग्रिडका अनुसार करिब एक लाख २० हजार घरधुरीमा बिजुली अवरुद्ध भएको छ । टोकियोसहित मध्य, पूर्वी र उत्तरी जापानमा उच्च छाल, भारी वर्षा, पहिरो र बाढीको बारेमा चेतावनी जारी गरिएको छ । जापान अहिले टाइफुनको उच्च जोखिममा छ । 

Logo